Skip to content

डाटा हबमा भएको साइबर आक्रमण ३० घन्टासम्म कायमै, आइतबार बिहान ४ बजेसम्मको ब्याकअप सुरक्षित रहेको दाबी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा हबको डाटा सेन्टरमा साइबर आक्रमण भएको करिब ३० घन्टासम्म पनि समस्या समाधान हुन नसकेपछि सेयर कारोबार स्थगन भएको छ ।

डाटा हब प्रालिमा असोज ४ गते बिहान साढे ५ बजेदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भएपनि हालसम्म समस्या समाधान हुन नसकेको जनाएको छ ।

डेटा हबका अनुसार ब्रोकर कम्पनीहरूको टीएमएस होस्ट गरिएको पूर्वाधारमा र्‍यान्समवेयर (साइबर) आक्रमण भएको छ । त्यो आक्रमण हुनु अघी अर्थात असोज ४ गते बिहान ४ बजेसम्मको ब्याकअपलाई सुरक्षित गरी अलग्गै राखिएको छ जनाइएको छ ।

र्‍यान्समवेयर अन्य जोडिएका नेटवर्क तथा प्रणालीमा समेत प्रभावित वा फैलिएको हुन सक्ने सम्भावना रहेकाले प्रभावित प्रणालीहरूलाई हालसम्म पुनः अनलाइनमा नल्याइएको जनाइएको छ ।

डेटा हबका अनुसार टिएमएस, नेप्सेको पूर्वाधार तथा अन्य सम्बन्धित प्रणालीसँग जोडिएको हुनाले, प्रणालीलाई पुनः अनलाइनमा ल्याउनुअघि फरेन्सिक विश्लेषण गरी आवश्यक सुधारात्मक तथा सुरक्षा उपायहरू लागू गर्न केही समय लाग्ने जनाइएको छ ।

वाईकोका अनु्सार डाटा हबबाट प्राप्त जानकारीअनुसार र्‍यान्समवेयर घटनाले टीएमएस,सीडीएससी सम्बन्धी प्रणाली, भुक्तानी गेटवे तथा अन्य अन्तरसम्बन्धित सेवासहित विभिन्न प्रणाली तथा सेवाहरू प्रभावित भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima