काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई थप व्यवस्थित र सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ ।
पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौताअनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीँबाट लाइसेन्स छपाइ हुने व्यवस्था गरिएको छ ।
यो प्रणालीबाट जारी भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा वितरण गर्ने वा सेवाग्राहीले इच्छाएको ठेगानामा पुर्याउने कार्यलाई व्यवस्थित गर्न सम्झौता महत्वपूर्ण हुने जनाइएको छ।








प्रतिक्रिया दिनुहोस्