Skip to content

भोटेकोशी बाढीः ११ विद्युत् उत्पादन केन्द्र पूर्ण रूपमा बन्द, पुनरुत्थानकाे लागि ३ खर्ब ९० अर्बभन्दा बढिको आवश्यक

काठमाडौं । भदौ १० गते आएको भोटेकोशी बाढीका कारण नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित ११ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन्।

बाढीबाट ७ जलविद्युत् आयोजना र १ सौर्य आयोजनामा गरी करिब २७५ मेगावाट क्षति भएको छ भने प्रसारण लाइनमा क्षति हुँदा थप १३५ मेगावाट क्षमताका ३ आयोजना बन्द छन्।

यससँगै बाढीका कारण कुल ४१० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ। निर्माणाधीन ५०८ मेगावाट क्षमताका ६ जलविद्युत् आयोजना समेत क्षतिग्रस्त भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार क्षतिग्रस्त विद्युत् आयोजनाहरूको पुनर्निर्माण तथा पुनःसञ्चालनका लागि करिब ५ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

बाढीबाट २२० केभी त्रिशूली–थ्री बी हब सबस्टेसन, मातातीर्थ–चिलिमे २२० केभी हब, प्रसारण लाइन, स्विचयार्ड तथा वितरण संरचनामा समेत ठूलो क्षति पुगेको छ।

समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि प्रारम्भिक मूल्यांकनअनुसार ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima