Skip to content

वर्षाका कारण बाढीपहिरोको जोखिमः भोलिदेखि सोमबारसम्म राति र लामो दूरीको यात्रा नगर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि असोज १२ गते सोमबारसम्म रातिको समयमा तथा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै यात्रामा सावधानी अपनाउन आग्रह गरेको हो।

महासंघले आफ्ना सदस्य तथा यात्रुलाई सवारी सञ्चालन वा यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिनसमेत आग्रह गरेको छ।

वर्षाका कारण कतिपय सडकखण्डमा बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम रहेकाले अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न महासंघले अनुरोध गरेको जनाएको छ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राति तथा लामो दूरीको यात्रा नगर्न सर्वसाधारण तथा सम्बन्धित सरोकारवालालाई अनुरोध गरेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima