Skip to content

असोज ६ गतेसम्म १ खर्ब २ अर्ब राजस्व संकलन, वार्षिक लक्ष्यको १६ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८३–८४ को असोज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षका लागि विभागले ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

विभागका अनुसार असोज ६ गतेसम्म कुल लक्ष्यको करिब १६ प्रतिशत राजस्व संकलन भएको हो। अब चालु आर्थिक वर्षमा ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्न बाँकी रहेको छ।

तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई सञ्चालनमा आउन नसकेको अवस्थामा समेत १ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको विभागले जनाएको छ।

विषम परिस्थितिका बाबजुद भन्सार प्रशासनको निरन्तर प्रयासबाट उक्त राजस्व संकलन भएको विभागको भनाइ छ।

अब बाँकी अवधिमा ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यलाई प्राथमिकतामा राखेर भन्सार प्रशासन अघि बढ्ने विभागले जनाएको छ। आगामी दिनमा राजस्व संकलनलाई थप प्रभावकारी बनाउँदै लक्ष्य हासिल गर्न केन्द्रित हुने विभागको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima