Skip to content
Prabhu

कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

 

काठमाडौं । प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका व्यक्तिहरुलाई आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तेजविक्रम थापासहित व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरु भीमसेन महर्जन र सञ्जय सापकोटा छन् । सहकारीले बचतकर्ता सदस्यहरुको रकम फिर्ता नगरेको भनि उजुरी परेपछि सहकारी विभागले प्रहरीलाई पत्र पठाएको थियो । प्रहरीले अनुसन्धान गर्दा उक्त व्यक्तिहरु फरार रहेकामा जेठ ३१ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

उक्त सहकारीबाट २ हजार ५ सय ३१ बचतकर्ता पीडित भएको देखिएको र २ अर्ब ८० करोड निक्षेप रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । जसमध्ये ५ सय ६६ जनाले ९४ करोड २३ लाख ४२ हजार ठगि गरेको उजुरी प्राप्त भएको भट्टराइले बताए । पक्राउ परेकामध्ये थापा कृषि टेलिभिजन र गोर्खा टेलिभिजनका अध्यक्षसमेत हुन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal