काठमाडौं । बिहीबार सेयर बजारमा सुधार आएको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ११.७७ अंकले बढेर २ हजार ६२९.८१ बिन्दुमा पुगेको छ ।
बजार परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक बढेको छ भने एक उपसमूहको सूचक घटेको छ । आज निर्जीवन बीमा उपसमूहको सूचक घटेको हो ।
आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
बिहीबार सबैभन्दा धेरै नेपाल ल्युब आयलका लगानीकर्ताले कमाएका छन् । कम्पनीको सेयर मूल्य १२.४७ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै मिड सोलु जलविद्युत् कम्पनीको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य ११.५८ प्रतिशतले घटेको हो ।
कारोबार रकमका आधारमा बिहीबार शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३५ करोड ८१ लाख ९ हजार १८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ३५ करोड १६ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।








प्रतिक्रिया दिनुहोस्