Skip to content
Prabhu

कोनेले नेपालमा २५ वर्ष उत्सव मनायो

काठमाडौं । कोनेले (लिफ्ट र एस्केलेटर) १४ जुन, २०२४ हयात रिजेन्सी, काठमाडौंमा आयोजित एक भव्य कार्यक्रम गदैं नेपालमा आफ्नो २५वर्ष उत्सव मनायो । कार्यक्रममा शर्मा एण्ड कम्पनी प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक रमेश शर्मा प्रमुख अतिथिको रुपमा रहेका थिए । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्जिनियरिङ प्रालिका अध्यक्ष विष्णु कु. अग्रवालले स्वागत मन्तब्यमा भने, ‘कोने नेपालको निर्माण क्षेत्रमा अग्रणी ब्रान्ड मध्येको एक हो । हामीले कोने का उत्पादनहरू नेपालभरी डेलिभर गर्न सक्षम भएको २५वर्ष भईसक्यो ।

हामी कोने भारतको नेतृत्व टिम र नेपालका धेरै वरिष्ठ आर्किटेक्टहरू, परामर्शदाताहरू र ग्राहकहरूको उपस्थितिमा यो सफलताको उत्सव मनाउन चाहन्छौं । म विश्वस्त छु कि नेपालले हामी र हाम्रा उत्पादनहरूलाई अँगालेको छ किनभने नेपाल यो संसारको राम्रो कुरा अगांल्न सधैं तयार छ । कोने इलेभेटर इन्डिया प्रा. लिमिटेडका प्रबन्ध निर्देशक श्री अमित गोसांइले भने ।

‘हाम्रो बजार उपस्थितिको एकदम छोटो अवधिमा हामीले नेपाल, भारत र अन्य अन्तर्राष्ट्रिय बजारहरूमा हाम्रा ग्राहकहरूको आवश्यकता र अपेक्षाहरू पूरा गर्न सक्षम भएका छौं । यो सबै सम्भव भएको छ किनभने हामी उत्कृष्ट उत्पादनहरू प्रदान गर्नमा विश्वास गर्छौं । कार्यक्षमता, डिजाइन वा नवीनतासँग सँगै २५ वर्षभन्दा बढीको यो लामो सफल यात्रामा नेपाल सम्भावनाले भरिपूर्ण छ ।

कोनेको नेतृत्व विशेष सेवा समर्थन र आफ्ना ग्राहकहरूमा ध्यान केन्द्रित गर्न प्रतिबद्ध छ किनभने हामी नेपाललाई धेरै महत्त्वपूर्ण रणनीतिक बजार मान्द छौं । त्यसैमा थप्दै एमएडब्लु इन्जिनियरिङ प्रालिका कार्यकारी निर्देशक विशाल गाडियाले भने, “कोने लिफ्ट र एस्केलेटरहरू नेपालभर अस्पताल, होटल, व्यावसायिक भवन, मल, विमानस्थल, पूर्वाधार भवन, आवासीय अपार्टमेन्ट, शैक्षिक संस्था, कारखाना आदिमा स्थापित भई फैलिएका छन् । विश्वको सबैभन्दा ठूलो यात्रु लिफ्ट कोनेद्वारा नै बनेको छ ।

यसको मेसिन बलियो, टिकाउ र ऊर्जा बचत गर्ने किसिमको छ । ब्रान्डको मुख्य उद्देश्य भनेको यसलाई आफ्ना यात्रुहरूका लागि सुरक्षित र निर्बाध सवारी बनाउनु हो । कोने फिनल्याण्डको हेलसिंकीमा सन् १९१० मा स्थापना भएको फिनिस ब्रान्डको लिफ्ट र एस्केलेटर ब्रान्ड हो । कोने इलेभेटर इन्डिया प्रा. लिमिटेडको नेपालमा लामो र सफल इतिहास रहेको छ । यसले नयाँ–नयाँ आविष्कार गरेकै कारणले यो आठ पटकको लागि फोर्ब्सको सबैभन्दा नवीन कम्पनीहरूको सूचीमा सूचीबद्ध भएको छ ।

सबैभन्दा ठूला, छिटो र अग्लो लिफ्टहरू कोने ब्रान्डका हुन् जसले भारत र नेपालमा नयाँ पहिचान दिएको छ । एक बलियो अनुसन्धान र विकास टीमको साथ, समान रूपमा समर्पित र सक्षम उत्पादन डिजाइन टीम र निरन्तर नवीनताको साथ कोने आज लिफ्ट र एस्केलेटरहरूको बजारमा अग्रणी रुपमा रहको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal