Skip to content

हाथवे इन्भेष्टमेन्टबाट बाहिरिँदै हेमराज ढकाल, २० लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका संस्थापक सेयरधनी हेमराज ढकालले आफ्नो स्वामित्वमा रहेको २० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन् । कम्पनीमा रहेको लकइन अवधि सकिएसँगै उनले सेयर बिक्री गर्ने कम्पनीलाई जानकारी गराएका हुन् ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार ढकालले आगामी तीन महिनाभित्र आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । उनले सेयर बिक्री गर्नको लागि असोज ८ गते निवेदन दिएका हुन् ।

कम्पनीको सेयरको लकइन अवधि असोज २ गते सकिएको थियो । बिहीबारको अन्तिम कारोबार मूल्यअनुसार हाथवे इन्भेष्टमेन्टको सेयर प्रतिकित्ता ४५२ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो । उक्त मूल्यलाई आधार मान्दा ढकालले बिक्री गर्न लागेको २० लाख कित्ता सेयरको बजार मूल्य ९० करोड ५८ लाख रुपैयाँ हुन्छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि बिक्री गर्ने मनसायबारे सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार ढकालले आफूले धारण गरेको सेयर बिक्री गर्ने मनसायबारे कम्पनीलाई जानकारी गराएका हुन् । कम्पनीले उक्त जानकारी नेप्सेलाई समेत गराएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima