Skip to content

निप्पोन फर्मास्युटिकलले आईपीओ ल्याउने

काठमाडौं । निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ।

कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

निप्पोन फर्मास्युटिकल लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डहरु अनुरुप विभिन्न प्रकारका औषधीहरु जस्तै ट्यावलेट, क्याप्सुल, तरल औषधी, मलम, क्रीम जेल, ओआरएस, ड्राइ सिरप र पेनिसिलिन लगायतका उत्पादन गर्ने प्रमाणित फर्मास्युटिकल कम्पनी हो जसको विधिवध दर्ता २००६ मा भई उद्योग स्थापना २०१७ मा भएको थियो । यस कम्पनीले उच्च गुणस्तरको औषधी तथा अषौधिजन्य उत्पादनहरुको विबिध उत्पादन पोर्टफोलियोको विकास र निर्माण गरेर नेपाली फर्माबजारलाई सम्बोधन गरिरहेको छ।

स्थापना भएको ५ वर्ष पछि अर्थात् २०२२ देखि आफ्नो व्यावसायिक उत्पादन र मार्केटिङ्ग सुरु गरेको निप्पोन फर्मास्युटिकलले स्थापनाको ४ वर्षमा विभिन्न थेराप्युटिक सेगमेन्टका ६० भन्दा बढी उत्पादनहरुको बजारीकरण गर्न सक्षम भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima