काठमाडौं । अविरल वर्षासँगै आएको बाढीका कारण राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति पुगेको छ। बाढीले प्रसारण लाइनको टावर बगाएपछि आयोजनाको विद्युत् प्रसारण प्रणाली प्रभावित भएको हो ।
आयोजनामा भएको क्षतिको अवस्थाबारे तत्काल मूल्याङ्कन गर्ने काम भइरहेको छ । क्षतिको विस्तृत विवरण संकलन गरी विद्युत् प्रणालीलाई पुनःस्थापना तथा सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक पहल अघि बढाइएको छ ।









प्रतिक्रिया दिनुहोस्