Skip to content

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो: हिमाल आरोहणमा गएका २२ जना मध्ये करिब एक दर्जन बेपत्ता, मानवीय क्षतिको आशङ्का

'उद्धारका लागि आएको हेलिकप्टर खराब मौसमका कारण अवतरण गर्न सकेन'

फाइल फोटो

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ ।

पहिरोमा परी मानवीय क्षति भएको आशङ्का गरिएको छ । हिमाल आरोहणमा गएका २२ जना (नौ जना पर्वतारोही र १३ जना सहयोगी) मध्ये करिब एक दर्जन बेपत्ता भएका अशङ्का गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए ।

उनीहरु सबैजना पर्वतारोहणको तयारी गर्न त्यसतर्फ गएका थिए ।

उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर मनाङ आए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको प्रजिअ खनालले बताए । हिमपहिरोबाट के कति क्षति भयो भन्ने एकिन जानकारी प्राप्त हुन नसकेको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima