काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकार समूह तथा सचिवालयमा रहेकाहरुकाे सूची सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री शाहका सल्लाहकार तथा सचिवालयको सूची सार्वजनिक गरेको हो । जसमा २५ जना रहेको जनाइएको छ ।
सूची अनुसार ३ जना मन्त्री सरह, २ जना राज्यमन्त्री सरहको मर्यादाक्रममा रहेका छन् । कुमार ब्यञ्जनकारलाई अवैतानिक मुख्य राजनीतिक सल्लाहकार र असिम शाहलाई राजनीतिक सल्लाहकारको जिम्मेवारी तोकिएको छ । उनीहरूलाई मन्त्रीसरहको पद दिइएको छ ।
यस्तै प्राडा जगदिश प्रसाद अग्रवाललाई मन्त्रीसरहको पद दिइएको छ । नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्री सरहको पद तथा सुविधा दिइएको छ ।
यस्तै शाहको सचिवालयतर्फ प्रमुख स्वकीय सचिव (रा.प. विशिष्ट श्रेणी सरह) सुवाष शर्मा रहेका छन् । स्वकीय सचिवमा रा.प. प्रथम श्रेणीसरह नविन भण्डारी रहेका छन् ।
सहसचिव (रा.प. प्रथम श्रेणी) सरह सञ्जिव पाण्डे, प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी र सामाजिक विकास विज्ञ विश्व राई रहेका छन् ।
स्वकीय उपसचिवमा (रा.प. द्वितीय श्रेणी) सरह सुविधा पाउनेमा प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य रहेका छन् । सहायक विज्ञ (नागरिक उड्डयन) सुमन गौतम र रवि किरण अधिकारी (भाषा तथा मस्यौदा) रहेका छन् ।
सचिवालयको (रा.प.तृतीय) तर्फ प्रेस सहजकर्तामा सुरेन्द्र बजगाई, ग्राफिक्स डिजाइनरमा रोशन तामाङ, अनुसन्धान अधिकृतहरूमा बेदानन्द जोशी र हेम नारायणदास चौधरी रहेका छन् ।
यस्तै सचिवालय (रा.प. अन प्रथम सरह) तर्फ अनुप थापा मगर र ऋषी थापा प्रशासन सहायक, भिडियोग्राफर अमृत पाण्डे, राजकुमार गौतम र बेनिस कार्की रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्