काठमाडौं । असोज २९ गते नेपाल-भारत उद्योग वाणिज्य संघको ३२शओँ साधारण सभा हुन गईरहेको छ । उक्त साधारणसभाले आगामी दुई बर्षका लागि नयाँ कार्यसमिति पनि निर्वाचित गर्दैछ ।
यश पल्ट संघको नेतृत्व गर्न दुई सदस्यहरु अध्यक्ष पदका लागि नेतृत्वमा दावी गर्दैछन् । अध्यक्ष पदका लागि (बर्तमान उपाध्यक्ष) कुणाल कयाल र (कार्यसमिति सदस्य) करण चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
संघको निर्वाचन तालिका अनुसार असोजको २१ गते १ अध्यक्ष तथा ९ सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने रहेको छ ।
नेपाल-भारत उद्योग वाणिज्य संघको स्थापना बि.सं. २०४९ मा तदर्थ समितिबाट शुरु भई २०५१ सालमा बिधिवत जिल्ला प्रशासन कार्यालय काठमाडौमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा दर्ता भई नेपाल र भारतबीच ब्यापारिक तथा लगानी प्रबर्धनका क्षेत्रमा निरन्तर कार्य गर्दै आईरहेको एक महत्वपूर्ण संस्थाको रुपमा स्थापित छ ।
यदि यो पल्ट निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएमा संघको ३३ बर्षको इतिहासमा यो दोश्रो पल्ट हुनेछ । यस भन्दा अघि संघको साधारणसभाको समय पनि निर्वाचन प्रक्रियाबाट सौर्य शमशेर ज.ब.राणा अध्यक्षमा निर्वाचित भएका थिए ।
अध्यक्ष पदका दाबेदारहरु नेपालको अौद्योगिक ब्यापारिक समूहका प्रतिनिधहरु हुन् । कुणाल केयाल बिरगंज स्थित केयाल ग्रुपका निर्देशक हुन् भने करण चौधरी सिजी होल्डिङ्गस (चौधरीग्रुप)का प्रबन्ध निर्देशक हुन् ।









प्रतिक्रिया दिनुहोस्