Skip to content

एम्पियर नेपालको चाडपर्व योजना सार्वजनिक, लक्की ड्रमार्फत १ लाख रुपैयाँ जित्ने अवसर

काठमाडौं । एम्पियर नेपालले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक चाडपर्व योजना सार्वजनिक गरेको छ ।

“नयाँ सवारी, नयाँ उमंग—यो वर्षको मोहचाड एम्पियर नेपालसँग” भन्ने नारासहित ल्याइएको योजनामा ग्राहकले विभिन्न सुविधा तथा पुरस्कार प्राप्त गर्न सक्नेछन्।

चाडपर्व योजनाअन्तर्गत ग्राहकले २० हजार रुपैयाँसम्म नगद छुट, २० हजार रुपैयाँ सम्म थप एक्सचेन्ज मूल्यांकन, १ वर्षसम्म निःशुल्क सर्भिसिङ, आकर्षक गिफ्ट ह्याम्पर तथा ७ वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकलाई लक्की ड्रमार्फत १ लाख रुपैयाँ सम्म जित्ने मौका पनि प्रदान गरिएको छ।

त्यस्तै, आरईओ भीवाईबी मोडल खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ नगद छुटका साथै १० हजार रुपैयाँसम्म थप एक्सचेन्ज मूल्यांकनको सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले १ वर्षसम्म निःशुल्क सर्भिसिङ, ७ वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

चाडपर्व योजनाको मुख्य आकर्षणका रूपमा एम्पियर स्कुटर खरिद गर्ने ग्राहकलाई लक्की ड्रमार्फत १ लाखसम्म जित्ने अवसर प्रदान गरिएको छ। त्यस्तै, एम्पियर आरईओ भीवाईबी मोडल खरिद गर्ने ग्राहकले १० हजार नगद छुटका साथै १० हजार रुपैयाँसम्मको थप एक्सचेन्ज मूल्यांकन प्राप्त गर्न सक्नेछन् ।

एम्पियर नेपालले चाडपर्वको अवसरमा ग्राहकलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने र इलेक्ट्रिक मोबिलिटीलाई अझ सहज तथा पहुँचयोग्य बनाउने उद्देश्यले योजना ल्याइएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima