Skip to content
Prabhu

संसद् सचिवालयका कर्मचारीले घेरे महासचिवको कार्यालय

 

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीहरूले संसद्का महासचिवको कार्यकक्ष घेराउ गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै कर्मचारीलाई सेवा सुविधाको व्यवस्था गर्न माग गरेका हुन् ।

संसद्‍मा कार्यालय समयबाहेक अतिरिक्त समयमा काम गरे बापत सेवा सुविधा, भत्ता लगायत थप गर्न माग गर्दै उनीहरूले धर्ना दिएका हुन् । बिहान १० बजेदेखि बिहान ११ बजेसम्म धर्ना दिइएको संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले जानकारी दिए । संसद्का कर्मचारीहरूले गत जेठ २९ गतेदेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् । माग पूरा गर्न १ हप्ते अल्टिमेटम दिएका उनीहरूले माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलन थालेका छन् । कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर संसद्मा काम गरिरहेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal