काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ । विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने यात्रुहरूलाई विदेशी मुद्रा व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाभित्रका सबै शाखा कार्यालयमार्फत यो सेवा विस्तार गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार डलर सटही गर्न चाहने सेवाग्राहीले सम्बन्धित देशको भिसा, हवाई टिकट तथा राहदानी (पासपोर्ट) सहित पायक पर्ने जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमय व्यवस्था तथा नीतिअनुसार तोकिएको सीमासम्मको अमेरिकी डलर नगद वा कार्डमार्फत उपलब्ध गराइने छ ।
यसअघि सीमित मुख्य शाखाहरूबाट मात्र नगद विदेशी मुद्रा लिनुपर्ने बाध्यता रहेकामा अब उपत्यकाका सबै शाखाबाटै सटही सुविधा पाएपछि ग्राहकहरूको समय बचत हुनुका साथै यात्रा थप सहज र ढुक्क हुने विश्वास बैंकले लिएको छ ।
उक्त सेवासम्बन्धी थप जानकारी तथा सोधपुछका लागि बैंकको ग्राहक सेवा केन्द्र ‘ग्लोबल कनेक्ट’ को फोन नम्बर ०१–५९७०६०० तथा इमेलमार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्