Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज २२ गते बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न सभाले शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बैंकको हाल कायम जारी तथा चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसा को ६.५२६३ प्रतिशत अर्थात् २४ करोड ३६ लाख ९७ हजार १ सय २ रुपैयाँ ४७ पैसा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर, अर्थात् १४ करोड ९३ लाख ६२ हजार ७ सय ४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

लाभांश वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २ सय ४५ रुपैयाँ ७५ पैसा पुग्नेछ । साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत निर्विरोध चयन गरेको छ । संस्थापक सेयरधनीको तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्याम कुमार शर्मा तथा सर्वसाधारण सेयरधनीको तर्फबाट विष्णु प्रसाद ढकाल, कृष्ण प्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा निर्विरोध चयन भएका छन् ।

यसैबीच, नव निर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । सभाले आर्थिक वर्ष २०८२–८३ को वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्तावहरू समेत पारित गरेको छ ।

बैंकले आम नागरिकको विश्वास र भरोसाका आधारमा हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीका उत्कृष्ट अभ्यासलाई निरन्तरता दिँदै आगामी दिनमा सेवा विस्तारलाई थप प्रभावकारी बनाउने बैंकले प्रतिबद्धता जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima