Skip to content
Prabhu

अमेरिकी डलर र यूरोको भाउ घट्यो, आजका लागि अन्य मुद्राको कति छ भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ९३ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ ०१ पैसा र बिक्रीदर १५० रुपैयाँ ६८ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९७ रुपैयाँ २७ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७६ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८ रुपैयाँ ४६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३ रुपैयाँ ६३ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२ रुपैयाँ ७४ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७ रुपैयाँ १३ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९८ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८६ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal