Skip to content

एनआईसी एसिया क्यापिटल र युनाइटेड बिजनेस होटलबीच सम्झौता

nabil bank

 

Hyundai

काठमाडौं ।  एनआईसी एसिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेस होटल प्रालिबीच क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवासहित निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता भएको छ । 

एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सो  क्यापिटलले आइडिया टु आईपीओ सेवामार्फत युनाइटेड  बिजनेस होटल प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराउन प्राविधिक सहयोग गर्नेछ । साथै होटललाई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानूनबमोजिम सर्वसाधारणमा प्राथमिक  सेयर निष्कासन गर्न एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्ति गर्ने छ।

क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गर्न तथा साधारण सेयर निष्कासनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा दिइरहेको छ । सो सेवा लिन चाहने कम्पनीले क्यापिटललाई सम्पर्क गर्न सकिने जनाएको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance