Skip to content
Prabhu

बुधबार नेप्से ९ अंकले बढ्यो, कारोबार ३ अर्ब ४५ करोड

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ९.३३ अंक बढेर २०१७.०३ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ।

खाज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमाआज ३०८ स्टकको ५८ हजार ९४० पटकको कारोबारमा ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।

डोल्टी पावर कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै स्वरोजगार लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने गोर्खाज फाइनान्स र सिवाईसी लघुवित्तको सेयरमूल्य ८ प्रतिशत बढेको छ। 

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।  वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ भने बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal