Skip to content

३ सय रुपैयाँको चिउरा किन्दा राम श्रेष्ठले जिते १० लाख 

nabil
global ime

काठमाडौं । आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत भक्तपुरका एक उपभोक्ताले मात्र ३ सय रुपैयाँको चिउरा खरिद गर्दा १० लाख रुपैयाँ नगद उपहार जितेका छन्।

विभागका अनुसार भक्तपुरको सूर्यविनायक निवासी राम श्रेष्ठले यसपटकको बम्पर उपहार प्राप्त गर्न सफल भएका हुन्।

श्रेष्ठले गत कार्तिक १६ देखि ३० गतेसम्मको कारोबार अवधिमा स्थानीय पसलबाट ३०० रुपैयाँ मूल्यबराबरको चिउरा खरिद गरी विद्युतीय माध्यमबाट जारी भएको आधिकारिक बिल लिएका थिए ।

सोही कारोबारको बिल प्रणालीमा प्रविष्ट भई गोलाप्रथा (लक्की ड्र) मार्फत छनोट हुँदा उनी १० लाख रुपैयाँ राशिको आकर्षक पुरस्कार जित्न सफल भएका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T