काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भ्रमणका लागि आज भारत जाँदैछन् ।
उनी आइतबार मध्यान्न १:४५ बजे नेपाल एयरलायन्सको नियमित उडान मार्फत भारत जान लागेका हुन् ।
उनी दिउँसो ३:१५ बजे नयाँ दिल्ली पुग्नेछन् । ४ बजे होटलमा पुग्नेछन् ।
आज साँझ ६ बजे भारतीय विदेशमन्त्रीसँग भेट गर्नेछन् ।
यस्तै आज साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरममा सहभागी हुनेछन् । त्यसपछि रात्रिभोजमा सहभागी हुने कार्यतालिका रहेको छ ।
यस्तै सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत हुनेछ ।
बिहान १०:४० बजे राजघाट पुगेर महात्मागान्धलाई श्रद्धाञ्जली अर्पण गर्ने छन् ।
सोमबार बिहान ११ बजे प्रधानमन्त्री शाहले भारतीय समकक्षी हैदराबाद हाउसमा भेटवार्ता गर्नेछन् । सोमबार ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय छलफल वार्ता हुनेछ ।
यस्तै १२:३५ बजे विभिन्न परियोजनाको भर्चुअल उद्घाटन,समझदारीपत्र आदानप्रदान गर्ने र प्रेस वक्तव्य जारी गर्ने कार्यसूची रहेको छ ।
मध्यान्न १:१५ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्ने दिवाभोजमा शाह सहभागी हुनेछन् ।
सोमबार मध्यान्न ३:१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति मुर्मुसँग भेट गर्ने कार्यक्रम छ ।
सोमबार अपराह्न ४:५० बजे भारतबाट नेपाल प्रस्थान गर्ने र साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ ।









प्रतिक्रिया दिनुहोस्