काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह २ दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
आइतबार मध्यान्न २ बजेर ८ मिनेटमा काठमाडौंबाट भारत प्रस्थान गरेका छन् ।
उनी सवार विमान भारतीय समय अनुसार ३: १९ बजे नयाँ दिल्लीमा पुग्ने फ्लाइट राडारमा उल्लेख छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको उडान धेरैका लागि चासो भएको छ । उनी सवार जहाज कहाँ पुग्यो भनेर प्रत्यक्ष हेर्नेको संख्या ३३५७ सय बढी पुगेको छ ।
हवाई ट्राफिकको प्रत्यक्ष उडान ट्र्याकिङ गर्ने वेबसाइट ‘फ्लाइट राडार २४’ मा ३३५७ बढीले प्रत्यक्ष हेरिरहेका छन् ।
शाह नेपाल एयरलाइन्सको ‘एयरबस ए–३२०’ को उडान नम्बर आरए २१७ र कल साइन आरएनए २१७ को जहाज दिल्लीका हुन् ।









प्रतिक्रिया दिनुहोस्