Skip to content

नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

nabil
global ime

काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा नेपालले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो ।

यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ५६ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५७ रन बनाए । त्यस्तै, मयन यादवले २७ रन जोड्दा बसिर अहमद १८ रनमा अविजित रहे ।

यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले समान १–१ विकेट लिए ।

यस जितसँगै नेपालले प्रतियोगितामा पहिलो सफलता हात पारेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T