Skip to content

बागमतीका पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

nabil
global ime
काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली काँग्रेस बागमती संसदीय दल नेतासमेत रहेका बानियाँमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनबाट गत साता पक्राउ अनुमति लिएको स्रोतले जानकारी दिएको छ ।
उनीविरूद्ध बैंकिङ कसुरमा अनुसन्धान गर्नका लागि प्रहरीले अनुमति लिएको हो। प्रहरीले उनी जोडिएको घटनाको विवरण सार्वजनिक भने गरेको छैन । यसअघि प्रहरीले उनका छोरा दीक्षान्तलाई पक्राउ गरेको थियो। वैशाखमा सम्पत्ति शुद्धीकरण विभागले उनको घरमा छापासमेत मारेको थियो।
इन्द्रबहादुर २०८२ साउन २० गतेदेखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशका मुख्यमन्त्री बनेका थिए।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T