काठमाडौं । कुमारी बैंकले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि ‘एन ट्याग’ को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ ।
‘एन ट्याग’ एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ ।
‘एन ट्याग’ को स्टिकर सवारिमा टासेपछि ‘एन ट्याग’ बाट आफैँ रकम कट्टा भई सुरुङमार्गहुँदै यात्रा गर्न सकिनेछ जसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम हुनेछ र यात्राको समय पनि बचत गर्नेछ ।
ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरका साथ नजिकको कुमारी बैंक शाखाबाट सहज रूपमा ‘एन ट्याग’ प्राप्त गर्न सक्नेछन् ।
साथै, ‘एन ट्याग’ सम्बन्धी थप जानकारी कुमारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ भने उक्त वेबसाइटमार्फत नै अनलाइन ‘एन ट्याग’ दर्ता गर्ने प्रक्रिया पनि पूरा गर्न सकिनेछ ।
डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ्ग सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले सम्पूर्ण सवारीधनीहरूलाई “टोलमा नरोकी, समय बचाई र थप सहज यात्रा गर्न” कुमारी बैंकबाट आजै ‘एन ट्याग’ जडान गर्न आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्