काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री महामहिम डा. एस. जयशंकरले भेटवार्ता गरेका छन् ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ ।

उनीहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गरे । भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह २ दिने राजकीय भ्रमणमा भारत गएका हुन् ।










प्रतिक्रिया दिनुहोस्