Skip to content

प्रधानमन्त्री शाहले आज के-के गर्छन नयाँ दिल्लीमा ? यस्तो छ कार्यतालिका

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भ्रमणका क्रममा भारतको नयाँ दिल्लीमा छन् ।

उनी आइतबार मध्यान्न २:५ बजे नेपाल एयरलायन्सको नियमित उडान मार्फत भारत गएका हुन् ।

उनले आज विभिन्न स्थानको भ्रमणदेखि विभिन्न परियोजनाको भर्चुअल उद्घाटन,समझदारीपत्र आदानप्रदान गर्ने र प्रेस वक्तव्य जारी गर्ने कार्यसूची रहेको छ ।

सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत हुनेछ ।

बिहान १०:४० बजे राजघाट पुगेर महात्मागान्धलाई श्रद्धाञ्जली अर्पण गर्ने छन् ।

सोमबार बिहान ११ बजे प्रधानमन्त्री शाहले भारतीय समकक्षी हैदराबाद हाउसमा भेटवार्ता गर्नेछन् । सोमबार ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय छलफल वार्ता हुनेछ ।

यस्तै १२:३५ बजे विभिन्न परियोजनाको भर्चुअल उद्घाटन,समझदारीपत्र आदानप्रदान गर्ने र प्रेस वक्तव्य जारी गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिने कार्यसूची रहेको छ ।

मध्यान्न १:१५ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्ने दिवाभोजमा शाह सहभागी हुनेछन् ।

सोमबार मध्यान्न ३:१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति मुर्मुसँग भेट गर्ने कार्यक्रम छ ।

सोमबार अपराह्न ४:५० बजे भारतबाट नेपाल प्रस्थान गर्ने र साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T