काठमाडौं । सोल्टी होटलले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
मंसिर ७ गते बसेको सन्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो ।
होटलले २० प्रतिशतका बोनस सेयर र करसहित १६.८४२१ नगद लाभांश दिने घोषणा गरेको हो ।
होटलले पुस २१ गतेका लागि ५२औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे सुरु हुनेछ ।
होटलले पुस १ देखि २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ । मंसिर २९ गतेसम्म कायम रहेका सेयरधनीले होटलले तोकेको लाभांश पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्