Skip to content
Prabhu

फागुन ३० गतेदेखि मिर्मिरे र नेरुडे लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । मिर्मिरे र नेरुडे  लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । 

नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न फागुन  २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेको छ । धितोपत्र बोर्डले पनि कात्तिक २४ बोर्डले मर्जरका लागि स्वीकृति दिएको थियो । 

दुवै संस्था मर्ज भएपछि‘‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ । दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।  

संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका–८ काभ्रेपलाञ्चोकमा रहने छ । यता फागुन ३० गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेसन गर्न दुवै कम्पनीको फागुन २९ गते सबै सेवाहरु अवरुद्ध हुनेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal