Skip to content

सेयर बजार घट्यो, कारोबार रकममा पनि गिरावट

nabil
global ime

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ८.५७ अंक घटेर २६२८.१७ विन्दुमा झरेको हो ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

आज कारोबारमा भएको १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ्ग र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

आज एनआईसी एशिया बैंकको सेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा यस दिन लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २४ करोड ९९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T