काठमाडौं । रत्ननगरको टाँडीमा एथर इनर्जीको १७औँ ‘एक्सपिरियन्स सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले चितवन क्षेत्रमा आफ्नो उपस्थिति थप विस्तार गर्दै यस नयाँ केन्द्रको सुरुआत गरेको हो।
यस केन्द्रको स्थापनासँगै रत्ननगर तथा आसपासका बासिन्दाका लागि आधुनिक विद्युतीय स्कुटरको अनुभव र पहुँच अझ सहज बन्ने विश्वास कम्पनीले लिएको छ। यो नयाँ केन्द्र डाइनामिक इनर्जी प्रालिअन्तर्गत सञ्चालनमा ल्याइएको हो। डाइनामिक इनर्जीले यसअघि नै चितवनको आस्था चोकमा एथरको पहिलो शोरुम सञ्चालन गर्दै आएको छ।
दोस्रो शाखा विस्तारसँगै कम्पनीले स्थानीय ग्राहकलाई एथरका विद्युतीय स्कुटर अवलोकन, टेस्ट राइड, आधुनिक प्रविधिको जानकारी तथा विद्युतीय सवारीमा रूपान्तरण हुन आवश्यक सम्पूर्ण परामर्श सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
नयाँ शोरुममा ग्राहकले एथरका दुई प्रमुख मोडल ‘एथर ४५०’ सिरिज र ‘एथर रिज्ता’ प्रत्यक्ष हेर्न र अनुभव गर्न पाउनेछन्। उत्कृष्ट पर्फमेन्स, सटिकता, आधुनिक प्रविधि र रोमाञ्चक यात्रा रुचाउने चालकलाई लक्षित गरी ‘एथर ४५०’ तयार पारिएको हो। त्यस्तै, पर्याप्त सिट र स्टोरेज स्पेस, पारिवारिक यात्राको सहजता तथा आरामदायी सवारीलाई प्राथमिकता दिएर ‘एथर रिज्ता’ डिजाइन गरिएको छ।
एथरका स्कुटरहरूमा यात्रालाई सहज बनाउने विभिन्न अत्याधुनिक प्रविधिहरू समावेश छन्। थ्रोटलकै सहज प्रयोगबाट गति बढाउन र घटाउन मिल्ने ‘म्याजिक ट्विस्ट’ प्रविधिमा ‘रिजेनेरेटिभ ब्रेकिङ’को सुविधा दिइएको छ। यसका साथै लामो दूरीको यात्रालाई थप आरामदायी बनाउने ‘इन्फिनिट क्रुज’ तथा स्कुटरका विभिन्न प्रणालीलाई आवाजमार्फत चलाउन सकिने ‘भ्वाइस इन्टर्याक्सन’ जस्ता विशेषताहरू यसमा उपलब्ध छन्।
विद्युतीय स्कुटरको दीर्घकालीन उपयोगप्रति ग्राहकको विश्वास बढाउन कम्पनीले ‘एथर एस्योरेन्स एट७०’ कार्यक्रम लागू गरेको छ। तोकिएका सर्तहरूको अधीनमा रहने यस योजनाअनुसार ८ वर्ष वा ८० हजार किलोमिटर गुड्दासम्म ब्याट्रीको क्षमता कम्तीमा ७० प्रतिशत रहने सुनिश्चितता प्रदान गरिएको छ। हाल देशभर एथरका १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर तथा ५३ भन्दा बढी ‘एथर ग्रिड’ फास्ट चार्जिङ पोइन्टहरू सञ्चालनमा छन्।
टाँडीमा नयाँ केन्द्र सञ्चालनको अवसर पारेर कम्पनीले विशेष छुट योजना पनि ल्याएको छ। यस योजनाअन्तर्गत तोकिएका स्कुटर खरिदमा ग्राहकले सर्तहरूको अधीनमा रही १ लाख रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। वैद्य इनर्जीले नेपालभर भरपर्दो चार्जिङ नेटवर्क, गुणस्तरीय सेवा पूर्वाधार र ग्राहककेन्द्रित कार्यक्रममार्फत वातावरणमैत्री तथा स्मार्ट मोबिलिटी सेवा विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्