काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ ।
शुक्रबार सम्पन्न संघको १७औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
अध्यक्षमा नबिल इन्भेस्टमेन्ट बैंकिङ्गका मनिष नारायण जोशी रहेका छन् ।
यस्तै उपाध्यक्षमा एनएमबी क्यापिटलका दिपेश कुमार बैद्य, महासचिवमा एनआईएमबी एस क्यापिटलका शिवान्त बहादुर पाँडे र
कोषाध्यक्षमा कुमारी क्यापिटलका पुष्प शर्मा रहेका छन् ।
यस्तै सदस्यहरुमा सिद्धार्थ क्यापिटलका सन्दीप कार्की, ग्लोबल आईएमई क्यापिटलका मन्दिप लुइँटेल र नेशनल क्यापिटलका अर्पण खनाल रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्