Skip to content
Prabhu

एनआईसी एसिया क्यापिटल ८औ वर्षमा, ७ मा ७ अफर योजना सार्वजनिक

काठमाडौं । एनआईसी एसिया क्यापिटलले ७औं वर्ष पूरा गरी ८औ वर्षमा प्रवेश गरेको छ ।  क्यापिटल सञ्चालनमा आएको छोटो अवधिमा नै आफ्नो सेयरधनीलाई १८७.४८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । 

क्यापिटलले सातौं वर्ष पुरा गर्दै गर्दा निक्षेप सदस्य सेवाअन्तर्गत ७ लाख २६ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ । सामूहिक लगानी कोष सेवा अन्तर्गत एउटा खुलामुखी र ५ वटा बन्दमुखी योजनामार्फत ५.६ अर्ब रुपैयाँभन्दा बढी रकम परिचालन गरिरहेको छ भने पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत ६७५ जनाभन्दा बढी ग्राहकहरुबाट २ अर्ब रुपैयाँभन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको छ । 

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवाअन्तर्गत समेत छोटो अवधिमा नै २२ वटा कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ भने निष्कासन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म १६ वटा कम्पनीको प्राथमिक सेयर निष्कासन, २ वटा बैंकको डिबेन्चर निष्कासन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासन र ३० वटाभन्दा बढी कम्पनीको संस्थापक समूहको सेयर बोलकबोलमार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । 

क्यापिटलले आफ्नो ७ औं वर्ष पूरा गरेको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ ।  त्यस्तै क्यापिटलको ७औं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिने निम्न सेवाहरुमा ७ मा ७ अफर योजना सार्वजनिक गरेको छ ।

लगानी व्यवस्थापन सेवाअन्तर्गत  

लगानी व्यवस्थापन सेवाअन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र ७ रुपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त योजना आगामी वैशाख ११ गतेसम्म मात्र सञ्चालनमा रहनेछन् ।

 

एनआईसी एसिया म्युचुअल फण्ड सेवा 

एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना “एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड”को फागुन २२ देखि मिति २०८१ वैशाख ११ गतेसम्म सहभागी हुने इकाईधनीहरुमध्ये ७ जना इकाईधनीहरुले ५ सय रुपैयाँ बराबरको क्यापिटलको तर्फबाट एसआइपी रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआइपी बुस्टरको सुविधा उपलब्ध गराइनेछ ।

संस्थागत परामर्श सेवा 

एनआईसी एसिया क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत ‘ आइडीइए र आइपीओ’ सेवा सञ्चालन गरिरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा मिति २०८० फागुन २२ गतेदेखि आगामी वैशाख ११ गतेसम्म आवद्ध हुने पहिलो ७ वटा कम्पनीहरुलाई मात्र ७ रुपैयाँमा ‘आईडिया टु आईपिओ’सेवा अन्तर्गत  आइपीओ  जारी गर्ने तहसम्म पु¥याउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने । 

डिम्याट खाता सेवा 

हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुटसहित उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्ताको लागि मात्र “रु.७ सय रुपैयाँमा एलटीडीआर” योजना सार्वजनिक गरेको छ । 

मेरो सेयर सेवा

हाल क्यापिटलले मेरो  सेयर खाता सुविधा अनलाई मध्यमबाट सहज र सर्वसुलभ तरिकावाट उपलब्ध गराउँदै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्तासम्मको लागि मात्र “रु.७०० मा  एलटीडीआर”योजना सार्वजनिक गरेको छ । 

निःशुल्क डिम्याट खाता सेवा

क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु र अनलाइनमार्फत मिति २०८१ ऋासार मसान्तसम्म निःशुल्क डिम्याट खाता खोलिदिने । 

सेयर रजिष्ट्रार सेवा

हाल क्यापिटलले धितोपत्रको दोस्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनी तथा प्राईभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलको सातौंं वार्षिक उत्सवको अवसरमा क्यापिटलले मात्र ७ सय रुपैयाँमा पहिलो एउटा कम्पनीलाई ओटीसीमा सूचीकरण गरिदिने छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal