Skip to content
Prabhu

सत्ता समीकरणको असर गण्डकी प्रदेशमा, माओवादीका दुई मन्त्री बर्खास्त

nabil

 

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुईजना मन्त्री बर्खास्त भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)तर्फका मन्त्रीलाई हटाएका छन् । उनले मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताए ।

‘मैले मन्त्रिपरिषद् पुनर्गठन गरेको हुँ । उहाँहरू (माओवादीतर्फका मन्त्री)लाई हटाइएको हो,’ उनले भने । मंगलबार मुख्यमन्त्री पाण्डेले  आफ्नो सरकारबाट भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिम्खडालाई हटाएका हुन् ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो सहकार्य तोडेर नेकपा (एमाले)सहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु गरेका छन् । पाण्डे नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal