काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्राण्ड टफिचूअन्तर्गत नयाँ क्यान्डी इक्लेयर्स नेपाली बजारमा सार्वजनिक गरेको छ ।
प्योर चक्लेटी जोयको उद्घोषसहित प्रवर्द्धन गरिएको यो उत्पादन बाहिरी तहमा मिल्क चक्लेट हुनुका साथै भित्री तहमा चकलेट भरी बनाइएको कम्पनीले जनाएको हो ।
उक्त कम्पनीले चकलेट मिल्क तथा बटर मिल्कको स्वाद भएको इक्लेयर्सले चकलेटको स्वादमा सर्वोत्कृष्ट अनुभव पस्कने विश्वास रहेको छ । ५ रुपैयाँमा २ वटा उपलब्ध इक्लेयर्स नेपालभरिका खुद्रा पसलमा उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस्