Skip to content
Prabhu

यूटीएलले खाद्यलाई भाडावापतको ५६ लाख तिरेन, सामान लिलाम गर्ने चेतावनी

nabil

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीले युनाइटेड टेलिकम लिमिटेड भाडा वापतको करिब ५६ लाख रुपैयाँ नतिरेको भन्दै सामान लिलाम गर्ने चेतानी दिएको छ ।

खाद्यको ललितपुरको नख्खुमा रहेको गोदाम नं ८ भाडामा प्रयोग गरे वापत यूटीएलले ५५ लाख ९८ हजार ६४२ रुपैयाँ नतिरेको खाद्यले जनाएको छ । यूटीएलले गत २०७५ साल साउन ४ गतेदेखि सो गोदाम भाडामा प्रयोग गरिरहेको र पटक पटक सम्पर्क गर्न खोज्दा पनि भाडा नतिरेको खाद्यले जनाएको छ ।

खाद्यले गोदाममा भएको सामान लैजान र भाडा तिर्न तथा वक्यौता चुक्ता मालवस्तु उठान नलगेमा कानून बमोजिम सामान सामान लिलाम गर्ने समेत जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal