Skip to content
Prabhu

२०८३ साल चैत मसान्तभित्रै फास्ट ट्र्याकको काम सकिन्छः रक्षामन्त्री खड्का

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शुक्रबार राष्ट्रिय सभाको बैठककम काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको काम २०८३ साल चैत मसान्तभित्र सकिने बताएका छन् । रक्षामन्त्री खड्काले भने आयोजनाको अपेक्षित लक्ष्य हासिल हुन नसकेको भए तापनि २०८३ साल चैत मसान्तभित्र काम सकिने उनको विश्वास छ ।

‘भौतिक प्रगगति ३०.९६ प्रतिशत हासिल भइसकेकोले २०८३ साल चैत मसान्तभित्रै निर्माण सम्पन्न हुने कुरामा म आश्वास्त पार्न चाहन्छु’ शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भनेका छन् ।

राष्ट्रिय सभाका  सांसदहरुले यसअघिको बैठकमा फास्ट ट्र्याकको काम अपेक्षित गतिमा अगाडि बढ्न नसकेको भनी जवाफ मागेका थिए । जवाफमा उनले विविध समस्याका कारण अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको स्वीकार गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal