Skip to content

आजदेखि रिडी पावरको हकप्रद निष्काशन तथा बिक्री खुला

काठमाडौं ।  रिडी पावर कम्पनीले आज शुक्रबारदेखि हकप्रद सेयर जारी गरेको छ । उक्त कम्पनीले आफ्ना सेयरधनीहरुलाई आज १८ गतेदेखि हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद जारी गरेको हो । चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद जारी गरेसँगै कम्पनीको १०० कित्ता सेयर भएका सेयधनीले ५० कित्तामा आवेदन दिन सक्नेछन्।

उक्त पावर कम्पनीले १०० रुपैयाँ मूल्य बराबरको ७७ करोड ४४ लाख  ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर बिक्री खुलाएको हो । यो हकप्रद सेयरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तीनाथ क्यापिटल छ । हकप्रद जारी अघि भएको रेटिङमा कम्पनीले ‘डबल बी प्लस’ रेटिङ पाएको छ ।

 हाल उक्त पावर कम्पनीको १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ चुक्ता पुँजी छ । चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद जारीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi