Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

महोत्तरी । ग्लोबल आइएमई बैंकले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहीबार देखि नै सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध हुनेछन् । 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको नयाँ शाखा कार्यालय सञ्चालन सँगै ३ सय ५६ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७५ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरबाट सेवा दिइरहेको छ । 

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal