Skip to content

बैंकर्स संघको निष्कर्षः धितोको बारेमा प्रहरीको बुझाइ गलत

nabil bank

काठमाडौं ।  नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको आकस्मिक बैठकले धितोका बारेमा प्रहरीको बुझाइ गलत भएको निष्कर्ष निकालेको छ । 

बैंकर्स संघले सो विषयमा नियामक राष्ट्र बैंकलाई वर्तमान घटनाक्रमबारे जानकारी गराउने र गृह मन्त्रालयसहित प्रहरीलाई बुझाउने निर्णय गरेको राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठले जानकारी दिए।

संघले  मंगलबार  ‘प्रभु बैंकका सिनियर डीसीओसमेत रहेका सेन्चुरी बैंकका पूर्व सीईओ मनोज न्यौपाने र तुलसीराम गौतम लगायत १० बैंकरलाई प्रहरीले पक्राउ गरेपछि आकस्मिक बैठक बोलाएको हो’ श्रेष्ठले भने, ‘धितोको विषयमा प्रहरीको बुझाइ गलत हुँदा बैंकरहरुले दुःख पाएको कुरा हामीले गृह मन्त्रालय, प्रहरीलाई बुझाउने निष्कर्ष निकालेका छौं ।’

संघले राष्ट्र बैंकलाई जानकारी गराएपछि र प्रहरी र गृह मन्त्रालयलाई धितोका बारेमा ब्रिफिङ गरे पुनः बैठक बसेर कानुन संशोधनका लागि सुझाव दिने निष्कर्षसहित बैठक टुंगिएको उनले जानकारी दिए । संघले बैंकिङमा हाल घरजग्गालाई मात्रै धितो मान्ने गलत बुझाइले बैंकिङ क्षेत्र नै समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने जनाएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंका विभिन्न कम्पनीमा धितोले खाम्नेभन्दा ९७ करोड रुपैयाँ बढी ऋण दिएको पाइएपछि पक्राउ गरिएको जनाएको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime