Skip to content
Prabhu

सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) भर्नका लागि आज बुधबार अन्तिम दिन तोकिएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्म मात्रै कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा मंगलबार साँझ ५ बजेसम्म ५ लाख २४ हजारले आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।  कम्पनीले आम सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ताका लागि आवेदन माग गरेकोमा १ दिन बाँकी रहँदा अर्थात् मंगलबार साँझ ५ बजेसम्म कुल २ करोड ८३ लाख कित्ताको माग आवेदन परेको हो । कुल १० अर्ब २२ करोड रुपैयाँ रकमको आवेदन परेको छ ।

बुक बिल्डिङ विधिबाट पहिलोपटक यस कम्पनीको आईपीओको मूल्य निर्धारण भई सर्वसाधारणमा बिक्री खुला भएको हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal