Skip to content
Prabhu

उज्बेकिस्तानमा जनवरी १ सम्म ७६६ औद्योगिक क्षेत्रहरू स्थापना

ताशकन्द । व्यापक राष्ट्रिय सुधार भएपछि उज्वेकिस्तानले जनवरी १ सम्म ७६६ वटा औद्योगिक क्षेत्र स्थापना गर्न सफल भएको छ । लगानी, उद्योग तथा व्यापार मन्त्रालयले शनिबार सिन्ह्वालाई बताएअनुसार उज्बेकिस्तान आत्मविश्वासका साथ विस्तारै औद्योगिक क्षेत्रहरू विकास गर्न अग्रसर छ, यसले देशको चरणबद्ध आर्थिक विकासका लागि रणनीतिक लक्ष्यहरू प्राप्त गर्न योगदान पुर्याउनेछ ।

औद्योगिक क्षेत्रहरूमा रहेका उद्यमहरूले सन् २०२३ मा कुल ५३.४ ट्रिलियन सोम (४.३ बिलियन अमेरिकी डलर) बराबरका दत्पादन गरी राष्ट्रिय अर्थतन्त्रलाई  योगदान पुर्याएको छ ।

यसैबीच, सन् २०२३ मा औद्योगिक क्षेत्रमा २० हजार ७ सय रोजगारी सृजना भएको थियो भने यो वर्ष २७ हजार ७ सय  नया  रोजगारीका पद सृजना भएको थियो । ‘हालका वर्षहरूमा उज्बेकिस्तानले स्वदेशी र विदेशी लगानीकर्ताहरूका लागि आकर्षक र सहज व्यापारका निम्ति वातावरण सृजना गर्न उल्लेख्य  सुधारका कार्यक्रम लागू गर्दै छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal