Skip to content
Prabhu

युरोपेली आयोगद्वारा युरोपमा रणनीतिक वातावरणको क्षेत्रमा २३ करोड ३० लाख युरोभन्दा बढी लगानी

 

ब्रसेल्स । युरोपेली आयोगले युरोपियन ग्रीन डिल अन्तर्गत युरोपेली संघ (ईयु)को वातावरणीय र जलवायु महत्वाकांक्षाको कार्यान्वयनलाई समर्थन गर्न युरोपमा १२ वटा नयाँ रणनीतिक परियोजनाहरूमा २३ करोड ३० लाखभन्दा बढी लगानी गरिरहेको छ ।

रणनीतिक परियोजनाले कृषि, क्षेत्रीय र अनुसन्धान कोषका साथै राष्ट्रिय सरकार र निजी क्षेत्रको लगानीसहित अन्य ईयू स्रोतहरूबाट पर्याप्त अतिरिक्त कोष परिचालन गर्ने अपेक्षा गरिएको छ ।

बाह्र रणनीतिक परियोजनालाई प्रदान गरिएको कोषले बुल्गेरिया,  आयरल्याण्ड, स्पेन, फ्रान्स, इटाली, लिथुआनिया, अस्ट्रिया, पोल्याण्ड र फिनल्याण्डलाई उनीहरूको राष्ट्रिय वातावरणीय र जलवायु लक्ष्यहरूमा पुग्न मद्दत गरी ईयूको हरित कार्यक्रममा आफ्नो योगदान बढाउने बताइएको छ । कार्यक्रम वातावरण र जलवायु संसक्षणका लागि ईयुको लगानी हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal