Skip to content
Prabhu

मनिषा कोइरालाले हङकङमा ११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउने

 

हङकङ। हङकङमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम गरी मनाइने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा महिला दिवस मनाउन लागिएको हो।

आउँदो १० मार्चमा जोर्डनमा विशेष कार्यक्रमसहित महिला दिवस मनाउन लागिएको एनआरएनए हङकङकी उपाध्यक्ष तथा महिला संघकी महासचिव अनु राईले जानकारी दिइन्। कार्यक्रममा अभिनेत्री मनिषा कोइराला प्रमुख अतिथि रहनेछिन्।

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा पर्ने भए पनि हङकङमा कार्यरत नेपालीहरूलाई विदाको समयलाई मध्यनजर गरेर दुई दिनपछि मनाउन लागिएको हो । कार्यक्रमबारेमा बिहीबार एनआरएनए हङकङको कार्यालयमा एक कार्यक्रमको जानकारी गराइएकोे थियो।

डिस्ट्रिक्ट काउन्सिल मेम्बर अरुणा गुरुङको प्रमुख आतिथ्यमा भएको जानकारी सभामा एनआरएनएकी केन्द्रीय महिला सचिव राधिका गुरुङ (टीका) एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, महिला संयोजक कविता गुरुङलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउ हङकङस्थित अन्य सामाजिक संघ–संस्थाले पनि हातेमालो गर्ने भएका छन्। नमोबुद्ध धर्म सेन्टर, तमु ट्हो ह्युलको महिला विभाग, किरात राई चाम्लिङ खाम्बातिमको महिला विभाग, मिसेस नेपाल हङकङ टिम, मगर महिला संघ, हेभेन्ली पाथ र तामाङ घेदुङलगायतका संघ–संस्था सहआयोजकका रुपमा छन्।

किन मनाइन्छ नारी दिवस ?

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो।

नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ। विदेशमा समेत महिला अधिकारका क्षेत्रमा काम गर्ने नेपाली संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेरे यो दिवस मनाउने गर्छन्।

महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्छन्।

धेरैजसो देशले यस दिन सार्वजनिक बिदा दिने गरेका छन्। नेपालमा पनि बिदा दिइने चलन छ। सन् १९०८ को मार्च ८ का दिन अमेरिकाको एउटा कपडा कारखानामा काम गर्ने महिलाहरू आफूमाथि भएको शोषण, असमान ज्याला र पुरुषले भन्दा धेरै समय काम गर्नुपरेको भन्दै आन्दोलनमा उत्रिए।

त्यो आन्दोलनको प्रेरणामा विश्वका विभिन्न मुलुकका महिलाहरूको २ वर्षपछि डेनमार्कको कोपेनहेगनमा सम्मेलन भयो। कोपेनहेगन सम्मेलनले गरेको निर्णय अनुसार सन् १९११ देखि मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाउन थालिएको हो।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal