Skip to content
Prabhu

तीन वर्षदेखि अलपत्र पुस्तकालयको काम थालियो

nabil

बागलुङ । विसं २०७६ मा शिलान्यास गरिएको धौलागिरि बहुमुखी क्याम्पसको  पुस्तकालय भवन निर्माण पुनःप्रारम्भ भएको छ ।  तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको पुस्तकालय भवनको बाँकी काम थालिएको हो । 

तत्कालीन सांसद सूर्य पाठकको सांसद विकास कोषबाट प्रदान गरेको  ७० लाख रुपैयाँ लागतमा बनाइएको भवनको बाँकी काम यथाशीघ्र पूरा गर्ने लक्ष्यका साथ पुनः काम थालिएको क्याम्पसप्रमुख रामप्रसाद उपाध्यायले बताए । 

त्रिभुवन विश्वविद्यालयले बजेटमा उपलब्ध गराएपछि भवन निर्माणलाई अगाडि बढाइएको छ । ‘सांसद विकास कोषको २०७६ सालमा  ४० लाख रुपैयाँ र २०७७ सालमा  ३० गरी ७० लाख रुपैयाँ रकममा भवनको बाहिरी संरचनामात्रै बन्यो, तर समग्रमा भवनको ४० प्रतिशतमात्रै काम हो यो’, क्याम्पसप्रमुख उपाध्यायले भने । 

त्रिभुवन विश्वविद्यालयले पुस्तकालयको भवन निर्माण सम्पन्न गर्न १ करोड रुपैयाँ बजेट दिएकाले  निर्माणको काम पुनः सुरु भएको उनले बताए । भवन अपाङ्गमैत्री हुनेछ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal