Skip to content
Prabhu

मंगोलियामा ४९ वर्षपछि भारी हिमपातः चिसोले ६ लाख ६७ हजार पशु मरे

उलान बाटोर । यस हिउँदमा, मङ्गोलियामा कीर्तिमानी हिमपात भएको छ ।  जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको  मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले मङ्गलबार जनाएको छ।

यस हिउँदमा हालसम्म औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ ।मङ्गोलियाका लगभग सबै प्रान्तहरूमा बारम्बार भारी हिमपात  भएको छ । 

बारम्बार हिमपातका कारण यस हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ । देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ। सोमबारसम्म  मङ्गोलियामा अत्यधिक  चिसो मौसमका कारण हुने पशुको मृत्युको सङ्ख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ। 

मङ्गोलिया संसारको नोमाडिक देशहरूको मध्ये एक हो यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने कठोर महाद्वीपीय जलवायुले युक्त छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal