Skip to content
Prabhu

आजदेखि नेपाल पुनर्बिमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

 

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आज मंगलबारदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । 

उक्त पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । तोकिएको समय अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा मात्र सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ । यसमा न्यूनतम २८० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । चैत १२ गतेसम्म आवेदन दिन मिल्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal