Skip to content
Prabhu

आइतबार नेप्से २७.२१ अंकले घट्यो, कारोबार ३ अर्ब ७७ करोड

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत बिहीबार ३ अर्ब ८६ करोडको सेयर कारोबार भएको बजारमा आज ३१५ स्टकको ९७ हजार १०५ पटकको कारोबारमा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागे पनि आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, किसान लघुवित्तको सेयरमूल्य ८.२२ प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावरको सेयरमूल्य ६.६५ प्रतिशत बढेको छ। कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको सेयरमूल्य आज सर्वाधिक ८.२१ प्रतिशत घटेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal